अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सचेतकको सरकारलाई प्रश्न – कोरोना बिमामा किन विभेद ?

कांग्रेस सचेतकको सरकारलाई प्रश्न – कोरोना बिमामा किन विभेद ?


काठमाडौं – नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कोरोना बिमा कसैले पाउने कसैलाई नदिने कार्यले नागरिकमाथि विभेद भएको भन्दै प्रश्न उठाउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सचेतक भुसालले यो विभेदको अन्त्य गर्न सरकारलाई आग्रह गर्नुभयो ।

‘२०७७ साल जेठमा नेपाल सरकार र बिमासँग जोडिएका कम्पनीबीच कोरोना बिमा भुक्तानी दिने सहमति गरियो । २०७७ चैतदेखि सरकारले कोरोना बिमा भुक्तानी दिन छोड्यो,’ उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीले भुक्तानी दिन बाँकी बिमित सरोकारलाई पटक–पटक आश्वासन दिनुभयो– बाँकी विमितलाई भुक्तानी दिन्छौँ । सम्मानीय अदालतले पनि कोरोना बिमा दिनुपर्छ, यो उहाँहरूको अधिकार हो भनेर पटक–पटक आदेश गरेको छ ।’