चितवन – पूर्वी चितवनको राप्तीमा बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।
घाइते हुनेहरुमा मकवानपुर उपमहानगरपालिकाका मञ्जु सिलवाल, बारा कलैयाका मनोज गिरी, सोही ठाउँका निरञ्जन पासवान, भारत रक्सौलका भोलन गिरी, सोही ठाउँका उगम पटेल, रौतहत कडरियाका सुरेश दास र आश कुमार यादव रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यस्तै मध्यम घाइते हुनेहरुमा भरतपुर महानगरपालिका वडा १७ का भरत ढकाल, वडा २६ का दिल बहादुर बिक र सोही ठाउँका रेवारे बिक रहेका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ८ बजेर ३५ मिनेटमा राप्ती नगरपालिका वडा नम्बर ६ हर्दी स्थित पुर्ब पश्चिम राजमार्गमा नारायणघाटबाट बिरगंज तर्फ आउदै गरेको ना ७ ख ६०७६ नम्बरको बस सडकमा दुर्घटना भएको हो । बसका चालक फरार भएको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया