अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको फोहोर व्यवस्थापनबाट सरकार पन्छिन हुँदैन : रावल

काठमाडौंको फोहोर व्यवस्थापनबाट सरकार पन्छिन हुँदैन : रावल


काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद डा भीमबहादुर रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताउनुभएको छ ।

उहाँले फोहर व्यवस्थापनको विषयलाई महानगरको टाउकामा थोपरेर सरकारले दायित्वबाट पन्छिन नहुने बताउनुभयो । उहाँले जनताको स्वास्थ्यमा खेलवाड नगर्न पनि अनुरोध गर्नुभयो । सांसद रावलले काठमाडौँको फोहर सफा गरेर देखाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले अर्थ मन्त्रालयसँगको शीर्षकमाथि प्रश्न राख्दै संसारमा असफल भइसकेको नवउदारवाद र पूँजीकरणको बाटोमा राज्य हिँडिरहेको भन्दै आलोचना गर्नुभयो ।

पूर्वमन्त्री रावलले व्यापारघाटा उच्च रहेको, चालु खातामा घाटा वृद्धि भइरहेको, भुक्तानी असन्तुलन तीव्र रहेको र बाह्य ऋण बढ्दो क्रममा रहेको तथा नेपालीका टाउकामा रु ६० हजारभन्दा बढी ऋण भइसकेको अवस्थामा नेपालको अर्थतन्त्रलाई सरकारले कसरी व्यवस्थापन गर्छ भन्दै जवाफ माग्नुभयो ।

रक्षा मन्त्रालयसँगको विषयमा प्रश्न राख्दै उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा सरकार मौन बस्नुले स्वाधिनता र स्वतन्त्रताको सुरक्षा नहुने बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयमा ताला लागेको १३९ दिन हँुदासमेत कुनै पहलकदमी नहुने मुलुकमा उत्कृष्ट विश्वविद्यालय हुन्छ भनेर विश्वास गर्न नसकिने बताउनुभयो ।