काठमाडौं – अमेरिकी सेनाको प्यासिफिक कमाण्डिङ जनरल चार्ल्स ए फ्लाएन चार दिने भ्रमणका लागि काठमाडौं आउनुभएको छ । जनरल फ्लाएन बिहीबार काठमाडौं आउनुभएको हो ।
जनरल फ्लाएन अमेरिकी सेनाको विशेष विमानबाट भारतको दिल्ली हुँदै बिहीबार नेपाल आउनुभएको हो । फ्लाएनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी भइरहेका बेला जनरल फ्लाएन काठमाडौं आउनुलाई विषेश महत्वका साथ हेरिएको छ ।







प्रतिक्रिया