म्याग्दी – दुई दिनदेखिको भीषण वर्षाले गलकोट क्षेत्रमा पहिरा र भेलबाढीले स्थानीयका घरगोठ, खेतबारी र पशुधनमा क्षति पुर्याएको छ .
गलकोट नगरपालिका–१, २, ३ र ४ मा वर्षाले बढी क्षति पुर्याएको छ । वडा १ का अम्मरबहादुर खड्काको गोठ पहिरामा पुरिँदा तीनवटा भैँसी र एउटा माउ बाख्रा मरेको वडाध्यक्ष लालबहादुर रानाले जानकारी दिनु भयो । गोठ र पशुचौपायासमेत गर्दा खड्काको रु.१० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
उहाँका अनुसार भुङ्खानी, गहते, काफलठुटालगायतका बस्ती पहिराको जोखिममा छन् । स्थानीय विजयी खत्रीको घरमा पनि पहिराले क्षति पुर्याएको छ । अधिकांश घर जोखिममा छन्, हरेक घरका पछिपट्टि सानादेखि ठूलासम्म पहिरा खसेका छन्’, उहाँले भन्नुभयो, ‘गाउँबाट झरेको गेगर र बाढी पसेर खोला छेउछाउको खेत पनि पुरेको छ ।’







प्रतिक्रिया