अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले शिक्षा क्षेत्रलाई वेवास्ता गर्‍यो :  दुर्गा पौडेल

सरकारले शिक्षा क्षेत्रलाई वेवास्ता गर्‍यो :  दुर्गा पौडेल


काठमाडौं – राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सरकारले शिक्षा क्षेत्रमा हेलचेक्रयाई गरेको आरोप लगाउनु भएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पौडेलले सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई अनुसन्धानमुलक बनाउने ठोस कार्यक्रम नआएको बताउनु भयो । उहाँले सरकारी तहबाट नै निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गर्ने गरी नीति ल्याइएको बताउनु भयो ।

दुर्गा पौडेल भन्न्भयो, ‘विश्वविद्यालयलाई अनुसन्धानमुलक बनाउने ठोस कार्यक्रम ल्याउन सकेको छैन। निजीकरण, व्यापारीकरण र माफियाकरण रोक्ने कुनै ठोस योजना छैन। सरकारी तहबाट नै निजीकरण र व्यापारीकरणलाइ प्रोत्साहन गर्ने गरी आएको नीतिले गर्दा खेरी संविधानमा व्यवस्था भए बमोजिम पनि माध्यमिक शिक्षालाई नि:शुल्क गर्ने भन्ने कुराहरुलाई पनि कार्यान्वयन भएको छैन। पुरानै परम्परावादी किसिमले नै अगाडि बढिरहेको छ। शिक्षालाई वैज्ञानिक बनाउने योजना, ठोस कार्यक्रम अहिले पनि आउन सकेको छैन। शिक्षाको विकासको हिसाबले लापरबाही तरिका देखिन्छ।’

नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई वेवास्ता गरिएको उल्लेख गर्दै उहाँले यसो गरेमा शिक्षा क्षेत्र तहसनहस हुने बताउनु भयो ।