अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार प्रधानमन्त्रीले होइन अरू कसैले चलाइरहेको छ : महेश बस्नेत

सरकार प्रधानमन्त्रीले होइन अरू कसैले चलाइरहेको छ : महेश बस्नेत


काठमाडौं – नेकपा एमालेका सांसद महेश बस्नेतले वर्तमान सरकार प्रधानमन्त्री शेरबहादुर देउवाले चलाएको विषयमा शंका व्यक्त गर्नु भएको छ ।

प्रतिनिधिसभामा सरकारबाट प्रस्तुत विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै उहाँले यस्तो आशंका व्यक्त गर्नु भएको हो ।

सांसद बस्नेतले भन्नुभयो, ‘हामी सवैलाई थाहा भएकै कुरा हो- प्रधानमन्त्रीज्यूको शारीरिक अवस्था अलि कमजोर छ । त्यसैले प्रधानमन्त्री भन्दा अरु कसैले यो सरकार रहेको जस्तो अनुभूति हामीलाई हुन्छ ।’

बूढानीलकण्ठमा महाराजले पो यो गरिरहेका छन् कि ? राजकुमारहरूले पो यो गरिरहेका छन् कि ? बालुवाटारका महारानीहरूले पो यो चलाइरहेका छन् कि भन्ने आशंका व्यक्त सांसद बस्नेतले गर्नुभयो । सांसद बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर पनि इशारा गर्नुभयो । उहाँले भन्नुभयो, ‘खुमलटारका महाराजहरूले पो यो चलाइरहेका छन् की ? अनेक खालका प्रवृत्ति र स्वार्थ बोकेका व्यापारी व्यवसायीले यो काम गरिरहेका छन् की ?’

सांसद बस्नेतले विनियोजन विधेयकमाथि छलफल भइरहँदा मन्त्रीहरू सहभागी नहुँदा पनि आक्रोश व्यस्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँको व्यस्तता सरकार टिकाउने कुरामा छ । गठबन्धन जोगाउने कुरामा छ, उहाँहरूको व्यस्तता प्रमुख प्रतिपक्षी दललाई कमजोर बनाउने कुरामा छ । मन्त्रीहरू शायद अहिले नेताको घरतिर हुनुहोला, प्रधानमन्त्रीको घरतिर हुनुहोला । किनभने भइरहेका मन्त्रीहरूलाई पद जोगाउनु परेको छ।’