अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तरीमा चट्याङ लागेर दुईजनाको मृत्यु

सप्तरीमा चट्याङ लागेर दुईजनाको मृत्यु


सप्तरी – सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको बोदे बर्साइन नगरपालिकामा वर्षासँगै खसेको चट्याङले उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका वडा-३ मधवन निवासी ५६ वर्षीय रामजी यादव र ६५ वर्षीय सत्यनारायण यादवको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो ।

खेतमा काम गरिरहेको बेला वर्षा हुन थालेपछि एउटै छातामा दुवैजना ओत लागेको अवस्थामा खसेको चट्याङ लागेर घाइते भएका दुवै जनालाई अस्पताल पुर्‍याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।