अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमै हातपात

सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमै हातपात


काठमाडौं – स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात भएको छ । जसपाका सांसद रामबाबु यादवले मन्त्री यादवमाथि हातपात गरेका हुन् ।

आज मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि हातपात गर्नु भएको हो । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उहाँका पिएसओले बचाउ गरेका थिए ।

जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए । श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बन्नु भएको हो ।