अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुलामा महिलाको हत्या गरेर शव जलाउने तीन जना पक्राउ

दार्चुलामा महिलाको हत्या गरेर शव जलाउने तीन जना पक्राउ


दार्चुला – दार्चुलामा महिलाको हत्या गरी शव जलाएको घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नातामा मृतका देवर पर्ने भोजबहादुर खडायत रहेका छन्। खडायत नेपाल विद्युत् प्राधिकरण बलाँच केन्द्रका सुरक्षा गार्ड हुन्।

उनलाई आज बैतडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलमा बुधवार ४५ वर्षीया अनिभा खडायतको हत्या गरी जलाएको अवस्थामा शव फेला परेको थियो। 
महिलाको हत्या आरोपमा प्रहरीले बुधबार नै दुई जनालाई पक्राउ गरेको थियो। प्रहरीले बस चढेर भाग्दै गरेको अवस्थामा छिमेकी वीरेन्द्र खडायत र तुला खडायतलाई बैतडीबाट नियन्त्रणमा लिएको थियो भने भोजबहादुर फरार थिए।

पक्राउ परेका वीरेन्द्र माओवादी केन्द्र शैल्यशिखर नगर कमिटी उपाध्यक्ष हुन्। 

घरनजिकै जलेको अवस्थामा बुधवार बिहान अनिभाको शव भेटिएको थियो।