अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’

सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’


काठमाडौं – सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि ग्रीन पिन ल्याएको छ।

ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो। ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिटरक्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन्। उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको एटीएममा गएर पिन परिवर्तन गर्नु पर्ने छ।

ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङलाई अझ सहज, सुरक्षित र सुविधाजनक बनाउनु रहेको बैंकले जनाएको छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ बाट कार्यालय तथा ११७ वटा एटीएम सञ्चालनमा रहेका छन्।