अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रममा आजदेखि छ्लफल हुँदै

लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रममा आजदेखि छ्लफल हुँदै


रूपन्देही – लुम्बिनी प्रदेशसभामा पेश भएको नीति तथा कार्यक्रममा आजदेखि छलफल हुँँदैछ । प्रदेशसभाको दशौं अधिवेशनको आठौं बैठकमा सरकारले ल्याएको नीति कार्यक्रममाथि आजदेखि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक वर्ष २०७८/७९ को लागि नीति कार्यक्रम प्रस्तुत गर्नुभएकोथियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अघिल्लो सरकारले ल्याएको कार्यक्रमको नक्कल आएको प्रतिक्रिया दिएको छ ।

एमाले नेतृत्वको सरकारकै नक्कल गरेर ल्याएको हुनाले नीति तथा कार्यक्रमबारे नकारात्मक टिप्पणी गर्ने अवस्था नभएको तर नीतिभित्र बजेट आउँछ कि आउँदैन भन्ने मुख्य कुरा भएको एमालेले जनाएको छ ।

नीति तथा कार्यक्रममा ठूल्ठूला योजना देखाउने तर बजेटमा खुद्रे योजनालाई रकम छुट्याउने गठबन्धन सरकारको नियत अघिल्लो बजेटमै देखिएकाले कार्यान्वयन नहुने एमालेको दाबी छ । नीति तथा कार्यक्रम पेश गर्दा विपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेल उपस्थित हुनुभएन ।