काठमाडौं – प्रिमियर इन्टरनेसनल स्कूल नेपालको पहिलो र एक मात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षाको आइबी कन्टिन्युम स्कूल बन्न सफल भएको छ ।
ललितपुर, सातदोबाटोको खुमलटारस्थित प्रिमियर स्कूलले ११ र १२ कक्षाका विद्यार्थीहरूका प्रि–युनिभर्सिटी कार्यक्रम ‘आईबीडीपी’ कार्यक्रम हालै सञ्चालनमा ल्याएको हो ।
प्रि–युनिभर्सिटी कार्यक्रम ‘आईबीडीपी’ कार्यक्रम हालै सञ्चालनमा ल्याएको हो । आइबीडीपी कार्यक्रमका लागि इन्टरनेसनल आइबीबाट मान्यता प्राप्त गरेको यस स्कूल अब पूर्ण रूपमा आईबी वर्ल्ड स्कुल वा आईबी कन्टिन्युम स्कुलको रूपमा स्थापित भएको हो ।
प्रि–युनिभर्सिटी कार्यक्रम ‘आईबीडीपी’ कार्यक्रम हालै सञ्चालनमा ल्याएको हो ।
आईबीडीपी कार्यक्रमका लागि इन्टरनेसनल आईबीबाट मान्यता प्राप्त गरेको यस स्कुल अब पूर्ण रूपमा आईबी वर्ल्ड स्कुल वा आईबी कन्टिन्युम स्कुलको रूपमा स्थापित भएको हो ।
वर्षभर उच्चस्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गरी चार मुख्य कार्यक्रमहरूमध्ये न्यूनतम तीन मुख्य कार्यक्रम कार्यान्वयन गर्ने विद्यालयहरूलाई कन्टिन्युम विद्यालयका रूपमा चिनिन्छ ।
केजीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि आईबी पीवाईपी र कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूका लागि आईबी एमवाईपी कार्यक्रम प्रदान गर्ने प्रिमियर स्कुल नेपालको पहिलो र एक मात्र स्कुल हो ।
प्रिमियर इन्टरनेसनल स्कुलका संस्थापक पवित्रा लिम्बू भन्नुहुन्छ, ‘प्रिमियर इन्टरनेसनल स्कुलले प्राप्त गरेको आईबी कन्टिन्युम स्कुलको उपलब्धिसँगै नेपालमा अन्तर्राष्ट्रिय विद्यालयीय शिक्षाको क्षेत्रमा नयाँ आयामको थालनी भएको छ ।’
प्रतिक्रिया