बारा – बाराको कलैयामा एक वृद्ध मृत अवस्थामा भेटिएका छन्।
कलैया उपमहानगरपालिका-९ रामपुर टोलका निवासी अन्दाजी ६५ वर्षीय अहमद मिया चुरिहार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताउनु भयो । प्रहरी निरीक्षक यादवका अनुसार भीआईपी ईंटा उद्योगको जग्गामा रगतले लतपतिएको अवस्थामा शव भेटिएको हो।
घटनाको थप अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा पुगेको उहाँले बताउनु भयो ।







प्रतिक्रिया