झापा- सवारी दुर्घटनामा कर्णाली बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष इश्वरी प्रसाद खरेलको मृत्यू भएको छ । कर्णालीका पदाधिकारी सवार गाडी इलामको हर्कटेमा दुर्घटना हुँदा उपाध्यक्ष खरेलको मृत्यू भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कर्णाली साकोसका पदाधिकारी चढेको स्करपियो बिर्तामोडबाट इलाम तर्फ जादै गर्दा साँझ ६ बजेतिर हर्कटेमा बाटोभन्दा तल झरेको थियो ।
दुर्घटनामा परी सहकारीका अन्य पदाधिकारीहरु समेत घाइते भएका छन् । सबैको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।







प्रतिक्रिया