अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


कञ्चनपुर – भीमदत्त नगरपालिका-२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

से२प ५६५८ नंको मोटरसाइकललाई से१त ९६६८ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइल चालक भीमदत्त नगरपालिका-१ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताउनुभयो ।

बेदकोट नगरपालिका-१० का २५ वर्षीय ट्र्याक्टर चालक राकेश रानालाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो  ।