अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवा भारत भ्रमण जाँदा दूतावासमा बुच्चे नक्सा टाँसेर आउनुभयो : खगराज अधिकारी

प्रधानमन्त्री देउवा भारत भ्रमण जाँदा दूतावासमा बुच्चे नक्सा टाँसेर आउनुभयो : खगराज अधिकारी


काठमाडौं – नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिल्लीस्थित राजदूतावासमा बुच्चेनक्सा टाँसेर आएको दाबी गर्नु भएको छ ।

प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा बोल्दै सांसद अधिकारीले यस्तो बताउनु भएको हो ।

‘प्रधानमन्त्रीज्यू भारत जाँदा नेपालको राजदूतावासमा बुच्चेनक्सा टाँसेर उहाँ आउनुभएको छ’ यसको जवाफ सत्ता पक्षका माननीयज्यूहरुले दिन सक्नुहुन्छ?

सरकारले प्रस्तुत गरेको विनियोजन बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले मन्त्रालयगत कार्यक्रमको चर्चा गर्नुभयो ।

देउवा भारत गएका बेला दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरा, कालापानी र लिपुलेक नसमेटिएको बुच्चे नक्सा टाँसिएको थियो।