अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरको बोडेमा पुरुषको शव भेटियो

भक्तपुरको बोडेमा पुरुषको शव भेटियो


भक्तपुर – भक्तपुरको मध्‍यपुर थिमी नगरपालिका-८ बोडेमा पुरुषको शव भेटिएको छ ।

बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा थिमी नगरपालिका ८ बस्‍ने ५१ वर्षीय कल्‍याण साहु मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताउनु भयो ।

उहाँका अनुसार शव रगताम्य अवस्थामा फेला परेको हो। प्रहरीलाई शव फेला परेको खबरपछि घटनास्थलमा टोली पुगेको थियो।

मृतक मध्यपुर थिमी-८ बस्ने साहुको टाउकोमा चोट लागेको देखिएको छ।

‘काठको फर्माले टाउकोमा हिर्काएर हत्या गरेको जस्तो देखिन्छ। घटनास्थल नजिकैबाट रगत लागेका फर्मा पनि भेटिएको छ,’ प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पाण्डेले भन्नुभयो, ‘अहिले नै के भएको हो भन्ने खुलिसकेको छैन।’

प्रहरी वृत्त थिमीले थप अनुसन्धान अघि बढाएको छ।