सुनसरी – सुनसरीमा आफ्नै दाजुले भाइको हत्या गरेका छन्।
चुरोटको विषयमा झगडा हुँदा आफ्नै दाजुले खुकुरी प्रहार गरी १८ वर्षीय भाइ देवकुमार धामीको हत्या गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ।
बराहक्षेत्र नगरपालिका-४ कौवाका ३० वर्षीय देबराज धामीले हत्या गरेको प्रहरीले जनाएको छ । आज देवराजलाई प्रहरीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
चुरोटको निहुँमा दाजुभाइको झगडा भएको प्रहरीले जानकारी दिएको छ। खुकुरी प्रहारबाट देवकुमार गम्भीर घाइते भएका थिए।
धरानस्थित वीपी कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।







प्रतिक्रिया