रोल्पा- रोल्पाको परिवर्तन गाउँपालिकामा सडकमाथिबाट खसेको पहिरोमा पुरिँदा दुई बालकको मृत्यु भएको छ। बाटोमा खेलिरहेको बेला खसेको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाउको छ। परिवर्तन गाउँपालिका(५ दाउन्नेभिरका प्रकाश खड्काका छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका दाजु भाइलाई पुरेको थियो।
उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।







प्रतिक्रिया