सुनवल- स्थानीय तहका जनप्रतिनिधीहरुले पदमा बहाल भए लगत्तै विभिन्न लोकप्रिय निर्णयहरु सार्वजनिक भए । ति मध्ये कतिले आफूले गरेका निर्णय सम्झेर कार्यनवयन गर्लान् कतिले बिर्सेलान त्यो केही समयपछि नै थाहा हुनेछ । सुनवल नगरपालिकाकी मेयर बिमला अर्याल भने आफूले गरेको पहिलो निर्णय कार्यन्वयनमा अघि बढ्नु भएको छ ।
जेठ नौ गते मेयरको पद बहाली गर्दैगर्दा अर्यालले एउटा प्रतिवद्धता गर्नुभएको थियो ‘ नगरपालिका भित्रका विपन्नहरुलाई मासिक ५ हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउनेछु ।’
मेयर अर्यालको यो प्रतिवद्धतालाई जेठ १८ गतेको नगर कार्यपालिका बैठकले निर्णय ग¥यो । आगामी साउन १ गते देखि विपन्न नगरबासीलाई महिनाको ५ हजार लिटर खानेपानी निशुल्क उपलब्ध गराउने । नगरपालिकाले यो निर्णय कार्यन्वयनका लागि एउटा कार्यदल बनायो । कार्यदलमा वडा नं. ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनी संयोजक, वडा नं. ७ का वडा अध्यक्ष नारायण आचार्य र कार्यपालिका सदस्य भगवती बस्याल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
समितीले लक्षित समुदायको पहिचान,खानेपानीको अवस्था,प्रति परिवार पाँच हजार लिटर निःशुल्क खानेपानी वितरण गर्दा खानेपानी उपभोक्ता सस्थालाई पर्ने व्ययभार र नगरपालिकाले लिनुपर्ने दायित्वको विषयमा अध्ययन र छलफल सुरु गरेको संयोजक पंगेनीले बताउनुभयो । नयाँ नगरको रुपमा परिचित सुनवलका १५ हजार ८ सय ३१ घर मध्ये करिब आधामा मात्र खानेपानीको सुविधा छ । आधार घरपरिवार अहिले पनि ट्यूबवेल र खोलाको पानीमा निर्भर छन् ।
यस निर्णयले मासिक पाँच हजार लिटरसम्म खानेपानी उपभोग गर्दै आएका विपन्न नगरबासीलाई राहात हुने नगरपालिकाको अपेक्षा छ । ‘गैह्र व्यावशायिक घरहरुमा मासिक ५ हजार लिटरसम्म पानीले पुग्छ भन्ने हाम्रो अनुमान छ ’ कार्यदलका सदस्य सचिव रेशम शर्माले भन्नुभयो ‘जसले घर भाडा लगाउन योग्य छ,हाटल वा व्यावशाय सञ्चालन गर्नुभएको छ । उहाँहरुले आफूले उपयोग गरे अनुसारको पानीको पैसा तिर्न सक्नुहुन्छ’ शर्माले भन्नुभयो । यो निर्णयबाट नगरबासीहरुले पानी उपयोगमा सजगता अपनाउने,चुहावट रोकिने नगरपालिकाको अपेक्षा छ ।
मेयर अर्यालले आफनो पहिलो प्राथमिकता नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने भएको बताउनुभएको छ । चुरे पर्वतको फेदमा रहेको सुनवल नगरपालिका पानीको अभाव टार्न आगामी तीन वर्षमा सबै घरमा धारा जडान गरिने अर्यालले बताउनुभयो । नगरपालिकाको पहाडी क्षेत्रमा खानेपानीको नयाँ योजना सञ्चालन गरेर भए पनि समस्या समाधान गर्ने उहाँको प्रतिवद्धता छ । ‘सुनवलबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने मेरो प्रतिवद्धतालाई नगरपालिकाले स्वामित्व लिएको छ’ मेयर अर्यालले भन्नुभयो ‘साउन देखि मासिक ५ हजार लिटरसम्म प्रयोग गर्नेलाई निशुल्क उपलब्ध गराउछौं । खानेपानी नपुगेका घरहरुमा तीन वर्षभित्र पु¥याउछौं ।’
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक थानप्रसाद गैरेले विपन्न समुदायलाई लक्षित गरी ५ हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय नमूना र नेपालमै उदाहरणीय कार्य भएको बताउनुभयो । ‘सुन्दा सानो निर्णय हो तर जनताको जीवनसँग जोडिएको निर्णय भएकोले यो धेरै लोकप्रिय निर्णय हो’ गैरेले भन्नुभयो ‘यसको कार्यन्वयनमा सबै लाग्नु पर्दछ । ’
प्रतिक्रिया