तनहुँ – तनहुँमा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ।
एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ मामा र फुपूको छोरा मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएको हो।
भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भयो ।







प्रतिक्रिया