अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवलपरासीमा माइक्रो बस दुर्घटना

नवलपरासीमा माइक्रो बस दुर्घटना


नवलपरासी – नवलपरासीमा माइक्रो बस दुर्घटना भएको छ ।

त्रिवेणीबाट बर्दघाट आउँदै गरेको लु १ ख ३०८५ नम्बरको माइक्रो बस दिउँसो गण्डक नगर अन्तर्गतको सडकमा अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दुर्घटनाबाट बसमा सवार केही यात्रु सामान्य घाइते भएको जनाएको छ ।

बसमा २१ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाइते यात्रुको स्थानीय मेडिकलमा उपचार भएको छ ।