काठमाडौं – नेकपा एमाले सांसद् भीम रावलले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिकी भ्रमणलाई लिएर देशको शासकीय व्यवस्थाबारे प्रश्न उठाउनु भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उहाँले असारमा प्रधानसेनापति लगत्तै प्रधानमन्त्रीको अमेरिका भ्रमण हुन लागेको भन्दै शासकीय व्यवस्थाबारे प्रश्न उठाउनु भएको हो ।
१२ असारमा प्रधानसेनापति प्रभुराम शर्मा र २८ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण हुन लागेको विषयमा छलफल गर्न परराष्ट्र र प्रधानमन्त्रीलाई बोलाउनु पर्ने भन्दै रावलले भन्नुभयो, ‘नेपालको कुटनीति सेनाको हातमा गइसक्यो । प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने रे सम्पुर्ण जिम्मा नेपाली सेनालाई दिएको रे । हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा छौं ?’
प्रतिक्रिया