दाङ- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रेमीको घरबाट पक्राउ परेकी छिन् । वलीले आज विहान तुलसीपुर ५ स्थित प्रेमी एकराजको घरमा गएर श्रीमती र छोराछोरीलाई कुटपिट गरेपछि प्रहरीले वलीलाई नियन्त्रणमा लिएको हो ।
वलीले एकराजकी श्रीमती र छोरीलाई लछारपछार गर्दै कुटपिट गरेकी थिइन् । उनले घरका सामान फालिदिएको,दराज फोडेको एकराजका दाईले बताएका छन् । एकराजका परिवारलाई आतंकित पारेर उनीहरुको बेडमा बसिरहेको अवस्थामा स्थानीयबासीले खबर गरेपछि वली पक्राउ परेकी हुन् । नेकपा एमालेबाट प्रदेशसभामा विजयी भएका उत्तर कुमार वलीको सवारी दुर्घटनामा मृत्यू भएपछि उपनिर्वाचनमा बिमला एमालेबाट निर्वाचित भएकी थिइन् । तर गतवर्ष एमाले माओवादीको एकता भंग भएपछि उनले माओवादी पार्टी रोजेर अहिले स्वास्थ्य राज्यमन्त्री छिन् ।
एकराजसँग चुम्बन गरेको फोटो गतवर्ष नै उनले आफ्नो फेसबुकको स्टोरीमा हालेकी थिइन् ।







प्रतिक्रिया