अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशमा बैंक अफ काठमाण्डूको ‘घरदैलो’ अभियान

बागमती प्रदेशमा बैंक अफ काठमाण्डूको ‘घरदैलो’ अभियान


काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकका बागमती प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुबाट घरदैलो कार्यक्रम गरेको छ।

बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजना तथा विभिन्न बैंकिङ सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले उक्त घरदैलो कार्यक्रममा सञ्चालन गरिएको बैंकले जनाएको छ।  कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो।

बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बीओके सुपर मुद्दती खाता सार्वजनिक गरेको जनाएको छ। बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३ प्रतिशतको वार्षिक ब्याजदरसहित थुप्रै आर्कषक समावेश रहेका छन्।

बैंकको बागमती प्रदेश अन्तर्गतका जावलाखेल, इमाडोल, लगनखेल, भक्तपुर, इटाँच्छे, गोंगवु, बालाजु, कलंकी, कमलपोखरी, अनामनगर, बल्खु, इन्द्रचोक, ठमेल, साँखु, न्यूरोड, नक्साल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, चाबहिल, महाराजगञ्ज, ज्ञानेश्वर, त्रिपुरेश्वर, गोठाटार, बनेपा, पनौती, गल्छी, नारायणघाट, पर्सा, हेटौंडा तथा प्रगतिपथ लगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरी बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका छन् । 

बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई सुविधा प्रदान गर्दै आइरहेको छ।