अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षा मन्त्री पौडेललाई गंगा चौधरीको प्रश्न – नेपालको शिक्षामा विश्वास नभएर छोरीलाई पढ्न विदेश पठाउनु भएको हो ?

शिक्षा मन्त्री पौडेललाई गंगा चौधरीको प्रश्न – नेपालको शिक्षामा विश्वास नभएर छोरीलाई पढ्न विदेश पठाउनु भएको हो ?


काठमाडौं – नेकपा एमाले सांसद गंगा चौधरीले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई नेपालको शिक्षाप्रति विश्वास नभएर आफ्नी छोरी विदेशमा पढ्न पठाउनु भएको भन्दै प्रश्न उठाउनु भएको छ ।

आज मन्त्री पौडेले संसदमा प्रस्तुत आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा सांसद चौधरीले सो प्रश्न उठाउनुभएको हो ।

उहाँले नेपाली विद्यार्थी नेपालको शिक्षा प्रणालीप्रति विश्वस्त नभएर विदेशिने गरेको बताउँदै मन्त्रीलाई पनि नेपालको शिक्षा प्रणालीमा विश्वास नभएर छोरीलाई विदेशमा पढ्न पठाएको हो भन्दै प्रश्न गर्नुभयो ।

सांसद चौधरीले नेपालको संविधानको धारा ३१ को शिक्षा सम्बन्धी हकको उपधारा ५ अनुसार नेपालको भूभागमा बस्नेले मातृभाषामा पढ्न पाउने अधिकार रहेको र त्यसको व्यवस्था कहिले गर्नुहुन्छ भन्दै प्रश्न पनि गर्नुभयो ।  

उहाँले विद्यालय सुधार कार्यक्रम पनि नभएको र निजीको जस्तो सरकारी बिद्यालयको शिक्षा गुणस्तरीय बनाउँने सरकारको योजना खै भन्दै प्रश्न उठाउनु भयो ।