अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिलोत्तमामा महिलाको शंकास्पद मृत्यु

तिलोत्तमामा महिलाको शंकास्पद मृत्यु


बुटवल – रुपन्देहीको तिलोत्तमामा एक महिलाको शंकास्पद शव फेला परेको छ ।

तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया सुविना गिरी आफ्नै होटलमा झुण्डिएको अवस्थामा सोमबार राति करीब १ बजे फेला परेको हो ।

उनलाई राति २ बजे क्रिमसन अस्पताल मणग्राममा पुर्‍याइएको भए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

मृतकका मामा अमृत गिरीले सुविना झुण्डिएको भनिए पनि माइती पक्ष र आफन्त कसैले नदेखेकाले शंकास्पद रहेको बताउनु भयो । मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताउनु भयो । मृतकका २ जना नाबालक छोराछोरी छन् ।