अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट प्रस्तुत हुनुभन्दा अघिल्लो रात को छिरेको थियो, सीसीटीभीको फुटेज चाहियोः विशाल भट्टराई

बजेट प्रस्तुत हुनुभन्दा अघिल्लो रात को छिरेको थियो, सीसीटीभीको फुटेज चाहियोः विशाल भट्टराई


काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट प्रस्तुत हुनुभन्दा अघिल्लो रात १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयमा छिर्ने व्यक्तिको पहिचान गर्न सीसीटीभीको फुटेज उपलब्ध गराउन माग गर्नु भएको छ ।

प्रतिनिधिसभाकाे आजकाे बैठकमा प्रमुख सचेतक भट्टराईले उक्त माग गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘देशले नै नचिनेका मान्छे आएर करको दर हेरफेर गरेकाले त्यो विषय सार्वजनिक गराउन सीसीटीभी फुटेज ल्याउनुपर्छ ।’

एमाले प्रमुख सचेतक विशाल भट्टराईले उक्त दिनको सीसीटिभी फुटेज सार्वजनिक गर्न र संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् । उक्त माग पूरा नभएसम्म सदन चल्न नसक्ने उहाँले चेतावनी दिनुभयो ।