विराटनगर- प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०७९ ८० का लागि ३९ अर्ब आसपासको बजेट ल्याउन लागेको हो ।
कृषि र साना उद्योग क्षेत्रलाई प्राथमिकतामा दिएर बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ ।
आर्थिक ममिला मन्त्रालय स्रोतका अनुसार यो पटक प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास शीर्षकमा पनि बजेट विनियोजनको सम्भावना छ ।
यसअघि सुरु भएका वहुवर्षीय योजनाहरुलाई धेरै बजेट विनियोजन हुने पनि मन्त्रालय निकट स्रोतले जनाएको छ ।







प्रतिक्रिया