अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री वली बुटवलको अस्पतालमा,अझै एकराजकै खोजीमा

मन्त्री वली बुटवलको अस्पतालमा,अझै एकराजकै खोजीमा


बुटवल- उपचारका लागि बुटवल प्रादेशिक अस्पताल ल्याइएकी लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीले त्यहाँ पनि एकराजको खोजी तिव्र पारेकी छिन् ।
अस्पतालमा पनि उनले एकराज खोई भनेर सोधेको सोध्यै गर्ने गरेको चिकित्सकहरुले बताएका छन् ।
उपचारका लागि भनेर हिजो राती बुटवल ल्याइएकी बिमलामा डिप्रेसनको लक्षण देखिएको डाक्टरहरुले बताएका छन् । बिमलालाई राती नै उपचार सुरु गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.इन्द्र ढकालले जानकारी दिनुभयो । अर्ध चेत अवस्थाकी वलीलाई उक्त रक्तचाप र सुगरको पनि समस्या देखिएको अस्पतालले जनाएको छ । अहिले केहीबेर अघि बेहोस भएकी वलीलाई केहीबेर अघि उपचार सुरु गरिएको छ ।
हिजो विहान तुलसीपुरमा आफ्ना प्रेमी एकराज बस्नेतको घरमा पुगेर मेरो पोइ खोई ? भन्दै वलीले एकराजकी श्रीमती र छोरीलाई कुटपिट गरेकी थिइन् । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।