अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकीले नेपाली सेनाको ब्यारेक कब्जा गर्छ : प्रेम सुवाल

अमेरिकीले नेपाली सेनाको ब्यारेक कब्जा गर्छ : प्रेम सुवाल


काठमाडौं – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी)मा अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा हुन सक्ने दाबी गर्नुभएको छ ।

आज कानुन मन्त्रालयका लागि विनियिोजन विधेयकमाथि कानून मन्त्री गोविन्द बन्दीले दिएको जवाफ सुनेपछि सांसद सुवालले प्रतिप्रश्न गर्दै यस्तो दाबी गर्नु भएको हो ।

‘एसपीपीमा अमेरिका सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने र बाहिर निस्कँदा हतियारसमेत बोक्न पाउने, गाडीसँगै हजाइजहाज पनि ल्याउने भनिएको छ,’ सुवालले भन्नुभयो, ‘देश विक्री भन्नुको अर्थ कसैले उठाएर लाने होइन । सरकारमा गएका पार्टी र नेताहरुलाई हातमा लिएर शासन गर्ने हो ।’

रुस १५ टुक्रामा विभाजित भएको विषय किन बुझ पचाइएको भन्ने उहाँले प्रश्न गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘नेताहरुकै कारण रुसमा पुजीँवादका पुनस्थापना भएको र देश पन्ध्र टुक्रा भएको किन बुझ पचाउनुभयो ?’