काठमाडौं – आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले ६२ हजार ६ सय १५ कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो।
कम्पनीले आजदेखि निष्काशित सेयरको प्रतिकित्ता मूल्य एक सय रुपैयाँ रहेको छ। कुल ६७ हजार कित्तामध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ३ हजार ३ सय ५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषमा सुरक्षित गरी बाँकी रहने सेयर निष्काशन गरिएको हो।
कम्पनीका सेयरको बिक्रीप्रबन्ध भने बीओके क्यापिटल मार्केटले गर्नेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि सेयर भर्न पाउने छन्।
इच्छुक लगानीकर्ताले आजदेखि ६ गतेसम्म आवेदन दिन पाउनेछन् भने ढिलोमा १५ गतेको मिति तोकिएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी आव २०७५, ०७६ र ०७७ मा क्रमशः १२.३७, ७.२७ र ५.१३ रुपैयाँ रहेको छ। आव ०७८ मा यस्तो आम्दानी २०.६० हुने प्रक्षेपण छ।







प्रतिक्रिया