अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण, राष्ट्रिय राजनीतिबारे अध्यक्षले प्रशिक्षण दिने

एमालेका जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण, राष्ट्रिय राजनीतिबारे अध्यक्षले प्रशिक्षण दिने


काठमाडौं – नेकपा एमालेका जनप्रतिनिधीहरुलाई आज देखि पार्टीले प्रशिक्षण दिने भएको छ । विहान ११ बजे राष्ट्रियसभा गृहमा सुरु हुने कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

कार्यक्रममा अध्यक्ष ओली, महासचिव इश्वर पोखरेल ,उपमहासचिव प्रदिप ज्ञवाली लगायतले प्रशिक्षण दिने कार्यक्रम छ । यसैगरी केही विज्ञहरुले समेत प्राविधिक विषयमा प्रशिक्षण दिने केन्द्रीय कार्यलय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।

जनप्रतिनिधीहरुलाई पार्टीको घोषणा पत्र स्थानीय तहमा कसरी कार्यान्वयन गर्ने, आचार संहिता पालना गर्ने, सुशासन कायम गर्ने, नीति कार्यक्रम र बजेट निर्माणमा ध्यान दिनु पर्ने लगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ ।

प्रशिक्षणमा पार्टीबाट जितेका प्रमुख र उपप्रमुखहरु सहभागी हुनेछन् । एमालेले ७५२ स्थानीय तहमध्ये २०५ पालिकामा प्रमुख र २४० उपप्रमुख जितेको छ। एउटा पालिकामा निर्वाचन सम्पन्न हुन बाँकी छ।