अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसपीपी सम्झौता ओलीको पालामा भएको प्रमाणित गर्न प्रचण्डलाई ईश्वर पोखरेलको चुनौती

एसपीपी सम्झौता ओलीको पालामा भएको प्रमाणित गर्न प्रचण्डलाई ईश्वर पोखरेलको चुनौती


काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) स्वीकार गरेको प्रमाणित गर्न चुनौती दिनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर बोल्दै ओली सरकारका उपप्रधान तथा रक्षामन्त्री समेत रहेका पोखरेलले गठबन्धनको नेताहरुले झुटो बोलेको बताउनुभयो ।

बिहीबार एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारकै पालामा एसपीपी सम्झौता भएको दाबी गरेका गर्नुभएको थियो।