अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेद्धारा अर्थमन्त्रीको राजीनामा माग, संसदमा विरोध निरन्तर

एमालेद्धारा अर्थमन्त्रीको राजीनामा माग, संसदमा विरोध निरन्तर


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । लगातार अर्थमन्त्रालय र अर्थमन्त्रीसँग सम्बन्धित कार्यसूचीको विरोध गर्दै आइरहेको एमालेले आज पनि विरोध गर्दै राजीनामा माग गरेको हो ।

एमालेका सांसद भानुभक्त ढकालले विगत ३ दिनदेखि प्रतिनिधि सभाको ध्यानाकर्षण गराइरहेको बताउँदै भन्नुभयो, ‘अर्थमन्त्री बिचौलियाको चंगुलमा परेर करका दरहरू परिवर्तन गरेको र राष्ट्रघात गरेका कारणले राजीनामा दिनुपर्छ ।’

विगतदेखि नै अर्थमन्त्री शर्माको राजीनामा मागिरहँदा त्यसलाई बेवास्ता गरेर फेरी त्यही विषय ल्याइएकामा एमालेले गम्भिर असहमति जनाएको छ । राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गर्दा अदालतले सफाई दिएपछि नै राजीनामा दिनुपर्नेमा त्यसपछि अर्थमन्त्री शर्मा झनै हौसिएको ढकालले बताउनुभयो ।

‘बिचौलियाहरूलाई करका दरहरू परिवर्तन गर्ने र राष्ट्रलाई आघात पार्ने जुन काम भएको छ । यो पछिल्लो गतिविधिबाट सरकारले अर्थमन्त्रीलाई हटाउन सकेको छैन,’ ढकालले भन्नुभयो, ‘हामीलाई के संका लाग्छ भने अर्थमन्त्रीभन्दा माथि पनि यसका जराले धर गरेको छ कि भन्ने ठाउँमा हामी पुगेका छौं ।’