अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्रीको जवाफ : एसपीपीमा आबद्ध हुने कुनै सोंच छैन

प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्रीको जवाफ : एसपीपीमा आबद्ध हुने कुनै सोंच छैन


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध हुने कुनै सोंच नरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा रक्षामन्त्रीका तर्फबाट संसदमा बजेटमाथि सांसदले राखेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खाणले एसपीपीमा आबद्ध हुने नेपालले कुनै निर्णय नगरेको र आबद्ध हुने सोंच पनि नभएको बताउनुभयो ।

मन्त्री खाणले नेपालको भूमि कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।