अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सैन्य गठबन्धनमा छैनौँ भनेर सरकारले अमेरिकालाई पत्र लेख्नुपर्‍यो : भीम रावल

सैन्य गठबन्धनमा छैनौँ भनेर सरकारले अमेरिकालाई पत्र लेख्नुपर्‍यो : भीम रावल


काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले अमेरिकालाई नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर पत्र लेख्न सरकारलाई आग्रह गर्नुभएको छ ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) का बारेमा धारणा राख्दै उहाँले परराष्ट्र मन्त्री नारायण खड्कामार्फत सरकारलाई सो आग्रह गर्नुभएको हो ।

‘परराष्ट्र मन्त्रीले एसपिपी (स्टेट पार्टनरसिप प्रोगाम) एसपिपी आईपीएसको अंग होइन, यसको च्याप्टर क्लोज भइसकेको त भन्नु भयो । तर, अमेरिकन मन्त्रालयको वेबसाइटमा भने हो भनेर उल्लेख छ, अमेरिकन वेबसाइट भन्दा यहाँ कोही प्रवक्ता हुन सक्छ, उहाँले भन्नुभयो, ‘अमेरिका कार्यक्रममा अमेरिका भन्दा जान्ने हामी को ?’

एसपिपीका बारेमा अलग्गै संसदीय छानबिन समिति बनाएर सत्य तथ्य सार्वजनिक गर्नुपर्ने रावलले माग छ ।