काठमाडौं – पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले प्रधानसेनापतिलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिका बोलाएर अपमान गरेको बताउनुभएको छ ।
समिति सदस्य समेत रहनुभएकी कोइरालाले प्रधानसेनापतिलाई समितिमा बोलाएकोबारे आपत्ति जनाउँदै भन्नुभयो, ‘देशको प्रधानसेनापतिलाई यसरी समितिमा बोलाएर राख्दा कारबाही गरेजस्तो भयो । अरु मुलुकले के भन्लान् ?’
प्रधानसेनापतिप्रभुराम शर्मालाई एसपीपीबारे छलफलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आज बोलाइएको छ । समितिले बिहान ९ बजेदेखि प्रधानसेनापतिलगायतसँग छलफल गरिरहेको छ ।
समितिमा धेरै राष्ट्रवाद देखिएकाले देश विकास नहुने पनि कोइरालाको भनाइ थियो । काम गर्नुपर्ने बेला राष्ट्रवादका विषयमा घण्टौं छलफल र गफमात्र भएको भन्दै उनले समिति सभापति पवित्रा निरौला खरेलसँग असन्तुष्टि पोख्नुभयो ।
प्रतिक्रिया