काठमाडौं – राष्ट्रिय सभाका सांसद वामदेव गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाको चरित्रका कारण पनि मुलुक बारम्बार समस्यामा फस्ने गरेको बताउनुभएको छ ।
आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री देउवाको अरुले सहयोग गरे हात थाप्न तयार हुने खालको चरित्र रहेको र यसले नै समस्यामा पर्ने गरेको बताउनुभयो । भन्नुभयो, ‘उहाँ देशको विकास हुन्छ भने के–के गर्नुपर्छ सबै गर्न तयार भइदिनुहुन्छ । कसैले सहयोग गर्छ हात थापिहाल्नुपर्छ । उहाँको चरित्र त्यस्तो हो ।’
देउवाको यो चरित्रले उहाँ स्वयंलाई पनि धेरै नोक्सान गरेको गौतमको भनाई थियो । ‘राष्ट्रलाई पनि नोक्सान गरेको छ । सम्भवतः कांग्रेसलाई पनि नोक्सान गरेको छ,’ उहाँले भन्नुभयो । गौतमले देउवा एसपीपी आउने वित्तिकै सम्झौता गर्न तयार भएको आरोप पनि लगाउनुभयो । यति महत्वपूर्ण विषय गुमराहमा राखेर सम्झौता गर्ने तयारी हुनु गलत भएको उनको टिप्पणी थियो ।
प्रतिक्रिया