अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विनियोजन विधेयक २०७९ राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

विनियोजन विधेयक २०७९ राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत


काठमाडौं – विनियोजन विधेयक २०७९ स्वीकृत भएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा विधेयक बहुमतले स्वीकृत भएको हो।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच राष्ट्रिय सभाको दोस्रो बैठकले विधेयक बहुमतले स्वीकृत गरेको हो।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा विनियोजन विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।

राष्ट्रिय सभा अध्यक्ष गणेसप्रसाद तिमिल्सनाले प्रतिनिधिसभाबाट सन्देशसिहत प्राप्त विनियोजन विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको घोषणा गरे।

उनले सो विधेयकको विभिन्न शीर्षकहरुमाथि समूहगत छलफलमा भाग लिनका लागि आगामी असार ९ र १० गते समय तोकिएको जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर त्यसो नगरेकाले अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिने बताउनुभएको थियो ।