अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्रीको राजीनामा माग गर्दै एमाले सांसदद्धारा राष्ट्रियसभा बैठकमा पनि अवरोध

अर्थमन्त्रीको राजीनामा माग गर्दै एमाले सांसदद्धारा राष्ट्रियसभा बैठकमा पनि अवरोध


काठमाडौं – नेकपा एमालेले राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठक अवरोध गरेको छ । एमाले सांसदले अर्थमन्त्रीको विरोध गर्दै बैठक अवरुद्ध गर्नुभएको हो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो । तर, दोस्रो बैठक सुरु भएलगत्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमाले सांसदहरु उठेर विरोध गर्नुभएको थियो ।

त्यसपछि एमाले सांसद खिमलाल भट्टराईले विरोध गर्नुपर्ने कारण बताउदै अर्थमन्त्रीले बजेट निर्माणका सवालमा गरेको विचौलिया राखेको भन्दै त्यो गम्भिर विषयमा छानविन गर्नुपर्ने बताउनुभयो । त्यसक्रममा उहाँले अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने भएपनि त्यसो नगरिए पनि समिति गठन गर्न नमानिएकाले अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिने बताउनुभयो । त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो ।