अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डिजिटल नेपाल कन्क्लेभ आजबाट सुरु, उपराष्ट्रपति पुनद्वारा उद्घाटन हुने

डिजिटल नेपाल कन्क्लेभ आजबाट सुरु, उपराष्ट्रपति पुनद्वारा उद्घाटन हुने


काठमाडौं – आइसिटी फाउण्डेसन नेपालको आयोजनामा आजबाट डिजिटल नेपाल कन्क्लभ इन एशोसिएसन विथ इन्फो डेभलपर्स एण्ड कनेक्टेड बाई एनसेल आयोजना हुँदैछ । दी सोल्टि होटल काठमाडौंमा असार ४ र ५ गते विहान साढे १० देखि साँझ साढे ६ बजेसम्म सो कार्यक्रम आयोजना हुनेछ ।

नेपालको सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यन्वयनको विश्लेषण र भावी कदमबारे बहस गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। आयोजित कन्क्लेभमा डिजिटल नेपाल सम्बन्धी विभिन्न पाँचवटा थिममा १० बढी सेसनहरु सञ्चालन हुने बताइएको छ।

सो दुई दिने कार्यक्रममा विभिन्न ५ देशका ६० भन्दा धेरै वक्ता र सरोकारवालाहरुको सहभागिता रहनेछ भने कार्यक्रमको पहिलो उपराष्ट्रपति नन्द बहादुर पुनको समेत उपस्थिति रहनेछ । यसैगरी कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की, मूख्य सचिव शंकरदास बैरागी र सञ्चार सचिव बैकुण्ठ अर्याल उपस्थित रहने छन् ।

कन्क्लेभमा हुवावे सिंगापुरबाट इन्डस्ट्री एक्पर्ट प्याट्रिक लो, ओपन नेटवर्कका जिएम डा।पल्लब शाह, अमेरिकाबाट पारास्कोमा इंकमा केन एयरहर्ट लगायतको किनोट प्रस्तुती गरिने आयोजकले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुनेछ ।