अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतगणनाको सीसीटिभीमा मिलेमतो गर्ने बिध ल्याबका सञ्चालक विरुद्ध मुद्दा

मतगणनाको सीसीटिभीमा मिलेमतो गर्ने बिध ल्याबका सञ्चालक विरुद्ध मुद्दा


काठमाडौं – गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अनुगमन गर्न भन्दै देशभरका स्थानीय तहमा राखिएका सीसीटिभी क्यामेरामा सेटिङ मिलाउने बीके भण्डारी उर्फ भीमकान्त भण्डारी विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

ठेक्कापट्टा तथा सेटिङमा कुख्यात ओम्नी ग्रुपको आडमा निर्वाचन आयोगका कर्मचारीसँगको मिलेमतोमा बिना टेन्डर सीसीटिभीको करोडौँको ठेक्का हत्याएको बिध ल्याबका सञ्चालक भण्डारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

२०७३ असोज २१ मा नासु सरहको पदबाट सरकारी सेवामा प्रवेश गरेका गुल्मी मालिका गाउँपालिका ५ का ३० वर्षीय बीके भण्डारीले चार वर्षमै राजीनामा दिनुभएको थियो । तर, त्यसयता उनले सवा छ करोड रुपैयाँभन्दा अकूत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ ।

भण्डारीले आफू सञ्चालक रहेका पाँच ओटा कम्पनीका नाममा दुई करोड ९५ लाख २५ हजार रुपैयाँ लगानी गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उहाँले बिध म्यानेजमेन्ट प्रालिमा २०७६ बाट कारोबार गरेको देखिन्छ । कोरोना महामारीकालमा सरकारले गर्दै आएको कोरोना परीक्षणको दायरा बढाएर ओम्नी समूहको समेत संलग्नता रहेको ठानिएको बिध ल्याबलाई घुसाएकाृ उल्लेख छ ।