काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज अमेरिका भ्रमणमा निस्कनुभएको छ । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को चर्चाले राजनीतिक दल र तिनका नेताहरुको विश्वसनीयतालाई दाउमा राख्दै उहाँ अमेरिका भ्रमणमा निस्कनुभएको हो ।
सैनिक नेतृत्वले अमेरिकासँग एसपीपी सहयोग लिएकोे विषयमा संसद र सडक सबैतिर चर्को विरोध भएको छ । नेपाली सेनाले अघि बढाएको एसपीपी कार्यक्रम र समझदारीको प्रारम्भिक प्रक्रिया तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारको पालामा भएको हो ।
प्रतिक्रिया