कैलाली – पूर्व प्रधानमन्त्री तथा जसपा संघिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई रेशम चौधरीलाई भेट्न डिल्लीबजारस्थित कारागार पुग्नुभएको छ ।
शनिबार बिहानै चौधरीलाई भेट्न कारागार जनुभएका भट्टराईले टिकापुर घटना राजनैतिक घटना रहेको भन्दै सरकारले त्यही ढंगले निरुपण गर्नुपर्ने बताउनुभएको थियो ।
भट्टराईलाईले चौधरीले टिकापुर घटनामा निर्दोष थारुहरुलाई फसाइएको गुनासो गर्नुभएको थियो। उहाँहरूबिच करिब ४५ मिनेट छलफल भएको थियो ।
आफू कहि कतै संलग्न नरहेको बताउँदै राज्यबाट निर्दोष थारुहरुमाथि ज्यादती भएको समेत चौधरीले बताउनुभएको थियो । भट्टराईले यस विषयमा सरकारसँग गम्भीर रुपले कुरा राख्ने समेत चौधरीलाई आश्वासन दिनुभएको थियो ।
२०७२ साल भदौ ७ गते टिकापुर घटना ८ प्रहरी र १ नाबालकको ज्यान गएको थियो । उक्त घटनामा जिल्ला अदालत र उच्च अदालतले रेशम चौधरीलाई दोषी ठहर गरेको छ । चौधरीले भने आफू निर्दोष रहेको बताउँदै आउनुभएको छ ।
आज भट्टराईसँगको भेटघाटमा पनि चौधरीले त्यही प्रष्ट पर्नुभएको थियो । आज भट्टराईको जन्मदिन समेत परेकाले चौधरीले भट्टराईलाई जन्मदिनको शुभकामना समेत दिनुभएको थियो ।
जेल भित्र रहेका रेशम चौधरीलाई भेट्न हिजो मात्र सिके राउत पुग्नुभएको थियो । आजको भेटमा भट्टराई र चौधरीसँगै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि हुनुहुन्त्यो। उहाँ चौधरीकी धर्मपत्नी हुनुहुन्छ ।







प्रतिक्रिया