अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित, संसदीय समितिको अपमान गरेको सभापतिको ठहर

संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित, संसदीय समितिको अपमान गरेको सभापतिको ठहर


काठमाडौं – अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा नेपालको संलग्नता सम्बन्धमा जानकारी दिन संसदीय समितिमा उपस्थित नभएको भन्दै सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध आक्रोश व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देउवालाई बोलाए पनि अन्तिम समयमा बैठकमा आउन नसकिने जवाफ पठाउनुभएको थियो ।

आइतवार बसेको बैठकमा सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले संसदीय समितिको अपमान गरेको आरोप लगाउनुभयो ।

नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले संसदीय समितिको अपमान गरेकोमा देउवाविरुद्ध खेद प्रस्ताव पारित गर्न माग गर्नुभयो ।

‘प्रधानमन्त्री संसदप्रति अनुत्तरदायी हुनुभयो, यो खेद गर्न लायक विषय हो । राष्ट्रियता सम्बन्धी यति संवेदनशील विषयमा जानकारी गराउन इन्कार गर्ने प्रधानमन्त्रीविरुद्ध खेद प्रस्ताव पारित गर्नुपर्छ,’ रावलले भन्नुभयो ।