अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लगानीकर्ताहरूले राष्ट्र बैंकमा धर्ना दिंदै, माग पूरा नभएसम्म आन्दोलन गरिरहने

लगानीकर्ताहरूले राष्ट्र बैंकमा धर्ना दिंदै, माग पूरा नभएसम्म आन्दोलन गरिरहने


काठमाडौं – पुँजी बजार सुधार र विकासका लागि आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज नेपाल राष्ट्र बैंक अगाडि प्रदर्शन गर्ने भएका छन् ।

गत जेठ २३ गतेदेखि १९ बुँदेमाग सहित निरन्तर आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले आज आइतबार राष्ट्र बैंक अगाडि प्रदर्शन गर्ने भएका हुन् ।

आज नक्साल भाटभटेनी नजिक गहनापोखरीमा साढे १२ बजे लगानीकर्ता भेला भएर १ बजे र्यालीसहित राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्कीले बताए । र्याली गहनापोखरीबाट १ बजे सुरु हुनेछ ।

लगानीकर्ता एवं पुँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला असार १ गतेदेखि धितोपत्र बोर्ड अगाडि आमरण अनशन बसिरहेका छन् ।