अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले संसदीय समितिलाई इग्नोर गर्न मिल्दैन : ज्ञवाली

प्रधानमन्त्रीले संसदीय समितिलाई इग्नोर गर्न मिल्दैन : ज्ञवाली


काठमाडौं – नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले संसदीय समितिको बैठक बहिष्कार गर्न नमिल्ने बताउनुभएको छ । संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि आइतबार ज्ञवालीले बैठकलाई इग्नोर गर्न नमिल्ने बताउनुभएको हो ।

‘उहाँको समय अनुसार बैठक राख्न मिल्छ। तर इग्नोर गर्न मिल्दैन’, उहाँले भन्नुभयो,‘ भ्रमण तय भएको छैन भने पनि उहाँले भन्नुपर्छ। सायद उहाँले भ्रमण तय भएपछि भन्नुहोला तर एसपिपीबारे त भन्नुपर्थ्यो।’

उहाँले आफूहरू सीमा भित्र विरोध गरे पनि बाहिर साथ र सहयोग रहने स्पष्ट पर्नुभयो। भन्नुभयो, ‘सीमा भित्र मात्र हाम्रो विरोध हो। बाहिर त हाम्रो पनि साथ रहन्छ। उहाँले हामरो बल लिएर गएको राम्रो हुन्छ ।’

उहाँले १० बुँदेबारे स्पष्ट हुन जरूरी रहेको बताउनुभयो ।