अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बैठकमा नआउनु खेदजनक छ, अब फेरि बोलाउनुपर्छ : ईश्वर पोखरेल

प्रधानमन्त्री बैठकमा नआउनु खेदजनक छ, अब फेरि बोलाउनुपर्छ : ईश्वर पोखरेल


काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री संसदीय समितिको बैठकमा उपस्थित नहुनु खेदजनक रहेको बताउनुभएको छ ।

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा नआएपछि रूष्ट भएका नेता पोखरेलले आउँछु भनेर बचन दिइसकेको प्रधानमन्त्रीले यसरी बैठकमा उपस्थित नहुनू खदजनक रहेको प्रतिक्रिया दिनुभयो ।

‘प्रधानमन्त्रीले आउने वचन दिएको भनेर म खुसी भए तर उहाँ नआउनु विषयवस्तुको आधारमा खेदजनक छ’, उहाँले भन्नुभयो, ‘अन्य मन्त्रीलाई पठाएको भए पनि हुन्थ्यो तर एकाएक नआउनु गलत हो, यो एटिच्यूट ठीक भएन ।’

उहाँले कसैको हार जितको कुरा नगरी सत्यतथ्य हेर्नुपर्ने जिकिर गर्नुभयो । ‘हामी कसैको जीत हारको कुरा नगरौं, हामी तारिकमा अलमलिने होइन। सत्यतथ्य हेर्नुपर्छ’, उहाँले भन्नुभयो ।

पूर्व रक्षामन्त्रीसमेत रहेका पोखरेलले फेरि पनि बैठकमा प्रधानमन्त्रीलाई बोलाउनुपर्ने बताउनुभयो ।